धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
नेकपा संसदीय दलका नेता रहेका भट्ट एमालेको समर्थनमा २९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएपछि उनले आज नेकपा संसदीय दलको बैठक बोलाएर बुधबार विश्वासको मत लिने निर्णय गरेका हुन्।
भट्टले मंगलबार नै प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक बोलाउन आग्रह गरेका थिए। सोहीअनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक बोलाइएको सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए।
उनका अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकले पनि बुधबारको प्रदेशसभा बैठक बोलाउने निर्णय गरिसकेको छ। यसबीच नेकपाले विश्वासको मत दिन ह्विपसमेत जारी गरिसकेको छ।

