२०८३ भाद्र २४, बुधबार

सुर्खेत। कल्याणी खड्कालाई कर्णाली प्रदेश सरकारको प्रवक्ता तोकिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री समेत रहेकी खड्कालाई बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्ता तोकेको हो।

खड्का नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मन्त्री बनेकी थिइन्।