वीरेन्द्रनगर। अनेरास्ववियु कर्णाली प्रदेश कमिटिलेकाे आयोजनामा हुन लागेकाे ‘खुला हाजिरीजवाफ प्रतियोगिता–२०८३’ मा ४० टिमबीच प्रतिस्पर्धा हुने भएको छ। शनिबार साउन ३० गते बिहान ११ बजेबाट सुरु हुने उक्त प्रतियाेगिताका लागि ४० वटा समूहले आफ्नाे नाम दर्ता गराएका हुन्।
अनेरास्विवयुका कर्णाली संयोजक धर्म शाहीले विद्यार्थी तथा युवाको ज्ञान, तर्क क्षमता र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले ‘खुला हाजिरीजवाफ प्रतियोगिता–२०८३’ आयोजना गरिएकाे बताए।
उनका अनुसार ‘विचार, ज्ञान र तर्कको संग्राम, तपाईंको टिमको पहिचान’ भन्ने नारासहित प्रतियोगिता नेकपा एमाले जिल्ला पार्टी कार्यालय, सुर्खेतकाे सभा हलमा हुनेछ।
प्रतियाेगिताका लागि तयारी सबै पूरा भएकाे संयाेजक शाहीकाे भनाइ छ।
यस्तै, प्रतियोगितामा एक टिममा ५ जना सहभागी हुन पाउने व्यवस्था गरिएको छ। प्रत्येक टिममा कम्तीमा २ जना महिला अनिवार्य गरिएको अनेरास्ववियुले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट हुने टिमलाई १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।

