२०८३ श्रावण ६, बुधबार

काठमाडौँ। व्यवसायी शंकर लाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी अनुपम शमशेर जबराले बताए।

एसपी जबराका अनुसार अग्रवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार थिए। अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन्।

सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोग सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। सीआईबीले उनलाई उच्च अदालतमा उपस्थित गराउने भएको छ।

यसअघि उनी २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेर छुटेका थिए।