२०८३ आश्विन २३, शुक्रबार

सुर्खेत। कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. भीमबहादुर खत्रीलाई नियुक्त गर्ने निर्णय गरेकाे छ।

शुक्रबार बसेकाे कर्णाली प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकले जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–४ निवासी डा. खत्रीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय भएकाे हाे।

सरकारका प्रवक्ता एवम् पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले याेजना आयोगकाे उपाध्यक्षमा खत्रीलाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन्।