सुर्खेत। हुम्लाको सिमकोट गाउँपालिका–१ स्थित कालसिम्ता आधारभूत विद्यालय, कुम्लिग मतदानस्थलमा विवाद उत्पन्न भएपछि मतदान स्थगित गरिएको छ।
अरुको तर्फबाट मतदान गर्न पाउनुपर्ने विषयलाई लिएर पक्ष–विपक्षबीच विवाद चर्किएपछि दिउँसो १ बजेर २८ मिनेटको समयमा मतदान प्रक्रिया रोकिएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार विवाद बढ्न थालेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिई मतदान अस्थायी रूपमा स्थगित गरिएको छ।
यसअघि हुम्लाकै नाम्खा गाउँपालिका–६ हल्जीस्थित सुनखानी प्रावि हल्जी मतदानस्थलमा पनि मतदान स्थगित भएको छ।
हल्जी गुम्बामा बसोबास गर्ने लामाहरूले मतदानका लागि वारेसनामा दिन पाउनुपर्ने तथा गुम्बामा रहेका ५र६ जना बिरामीलाई मतदान गर्नका लागि मतपेटिका गुम्बासम्म लैजानुपर्ने माग राखेपछि विवाद उत्पन्न भएपछि स्थगित भएको हो।