धनगढी। दार्चुलाको शैल्यशिखर नगरपालिका–४ काडापारीमा जिप दुर्घटना भएको छ। सिँचाइ कार्यालयका कर्मचारी सवार जिप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी गौरव महतका अनुसार ६ जना सवार जिप दुर्घटना परेको छ।
दुर्घटनामा केही कर्मचारीको हताहती भएको आशंका गरिएको छ। घटनाको विस्तृत विवरण आएको छैन।
गम्भीर घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याइरहेको प्रहरीले जनाएको छ।
भाडामा लिएको सुपप्र ०१००१ च १६४१ नम्बरको जिप दुर्घटनामा परेको हो।




