२०८३ कार्तिक १३, बिहीबार

काठमाडौँ। कप्तान सोमपाल कामीको अलराउण्ड प्रर्दशनमा विराटनगर किंग्सलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार दोस्रो जित दर्ता गरेको छ।

बिहीबारको दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो।

विराटनगरले दिएको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले १ बल अगावै भेट्टायो। कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले हराएको थियो।

विराटनगरले भने एनपीएलमा लगातार दोस्रो हार व्यहोरेको हो। विराटनगर पहिलो खेलमा चितवनसँग ८ रनले पराजित भएको थियो।

छैटौँ विकेटका लागि सोमपाल कामी र पवन सर्राफले ६६ रनको साझेदारी गर्दै कर्णालीको जितको आधार तयार पारेका थिए।

पवन २८ बलमा १ चौका र ३ छक्का सहयोगमा ३६ रन बनाउँदा प्रतिश जि.सीको बलमा क्याच आउट भए।

त्यसपछि उत्कृष्ट फिनिसर गुल्सन झाले खेलकाे इनिसं समालेका थिए।