कञ्चनपुर। कञ्चनपुरमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
शुक्रबार दोधारा चाँदनी नगरपालिका १ स्याउले बजारस्थित सु.प.प्र. ०२००१ ख ०५९८ नम्बरको टिप्परले युके ०६ एस ७९३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा परेर दोधारा चाँदनी नगरपालिका १ स्याउले बजारका विवश चुनाराको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल चालक सोही ठाउँका नरेश लुहार घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनको बाँया खुट्टामा चोट लागेको छ। उनलाई उपचारको लागी आफन्तले भारतको खटिमा लगेका छन्।
टिप्पर चालक बेदकोट नगरपालिका ५ धरमपुरका जितबहादुर चौधरी फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।


