२०८३ बैशाख ३१, बिहीबार

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय (एमयू)को उपकुलपतिको जिम्मेवारी प्राडा नारायणप्रसाद पौडेललाई तोकिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणी पौडेलका अनुसार, प्रधानमन्त्री बालेन्द्र साहले बिहीबार पौडेललाई विश्वविद्यालयको जिम्मेवारी दिएका हुन्।

रिक्त रहेको उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्नका लागि अर्को व्यवस्था नभएसम्मका लागि जिम्मेवारी दिइएको हो।

पौडेल यसअघि यही विश्वविद्यालयमा रजिष्ट्रार भइसकेका व्यक्ति हुन्। बालेन्द्र साह नेतृत्वको सरकारले पुराना राजनीति नियुक्ति खारेज गरेसँगै विश्वविद्यालयको उपकुलपति पद रिक्त भएको थियो।

विश्वविद्यालयले उपकुलपतिमा नवनियुक्त पौडेलको जेठ १ गते दिउँसो १ बजे स्वागत तथा पदभार ग्रहण कार्यक्रम तय गरेको छ।