२०८३ भाद्र ३, बुधबार

वीरेन्द्रनगर। कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट मन्त्री बनेकाहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनीहरूलाई शपथ खुवाएका हुन्।

जीतबहादुर मल्लले सामाजिक विकास, टेकराज पछाईले आर्थिक मामिला तथा योजना र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको शपथ लिएका हुन्।

नेकपा एमाले र नेकपाबीच भएकाे गठबन्धनमा आज मात्रै नेकपाबाट मुख्यमन्त्री बनेका मंगलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासकाे मत लिएका थिए।

विश्वासकाे मत लिए लगतै शाहीले मन्त्रिपरिषद् गठन गरेका हुन्। मुख्यमन्त्री शाहीले आफ्नो दल नेकपाबाट मन्त्रीहरुकाे नाम भने टुंगाे लगाउन सकेका छैनन्।