२०८३ श्रावण ७, बिहीबार

काठमाडौँ। आफूलाई सामाजिक अभियन्ता बताउने वेदिका केसीलाई नेपाल प्रहरीको साइबर ब्युरोले आज (बिहीबार) पक्राउ गरेको छ।

चरित्र हत्या गरेको उजुरीपछि उनलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो।

कथावाचिका राधिका दासीको उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको ब्युरो प्रमुख नबिन्द अर्यालले जानकारी दिए।

केही समयअघि उनले राधिका दासीका विषयमा सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी गरेकी थिइन्।