२०८२ कार्तिक २७, बिहीबार

सुर्खेत । जुम्लाको चन्दननाथ नगरपालिका–७ स्थित यातायात कार्यालय नजिक ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

ट्राफिक प्रहरी हवल्दार झलक गिरीका अनुसार पार्किङ गरिएको ट्याक्टर अचानक पछाडि सर्दा सो दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पातारासी गाउँपालिका–३ का जन ब बुढाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलमा सवार अर्का व्यक्ति घाइते भएका छन् र उनको उपचार जुम्ला अस्पतालमा भइरहेको छ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरी हवल्दार गिरीले जानकारी दिए।