२०८२ पुष ६, आईतवार

सुर्खेत । नेपाल संवाद क्लव कर्णाली प्रदेश समितिको अध्यक्षमा गोविन्द विश्वकर्मा चयन भएका छन्। वीरेन्द्रनगरमा आइतबार भएकाे भेलाले विश्वकर्माकाे अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेकाे हाे।

कल्वकाे बरिष्ठ उपाध्यक्षमा प्रज्वल चुनारा, उपाध्यक्षमा मालती बिक, महासचिवमा सञ्जीवकुमार बिसी, सचिवमा यादव पौडेल, उपसचिवमा डिलु सुनार र कोषाध्यक्षमा विवेक स्वर्णकार चयन भएका छन्।

यस्तै सदस्यहरुमा किरण बुढा क्षेत्री, नविन पुरी, शान्ति बिक, जगत सुनार, विपना विश्वकर्मा, रविन्द्र तिवारी, भरत सुनार र अजय बिक छन्।

नवनिर्वाचित अध्यक्ष विश्वकर्माले कर्णाली प्रदेशमा संवाद, पत्रकारिता र सामाजिक उत्तरदायित्वलाई सशक्त बनाउने प्रतिबद्धता जाहेर गरे। उनले संगठनलाई प्रदेशभर विस्तार गर्दै पत्रकारहरूको क्षमता विकासमा काम गर्ने बताए।