सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्वाचनको समयमा कुनै पनि विरामीहरुलाई रगत अभाव नहोस भन्ने हेतुले रगत संकलन गरिएकाे छ।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको आयोजनामा नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतको प्राविधक सहयोगमा आयोजित कार्यक्रमबाट २९ पिन्ट रगत संकलन गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका सभापति लिलाराम सुवेदीले निर्वाचनको समयमा विरामीहरुले रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भनेर रक्तदान कार्यक्रममार्फत रगत संकलन गरिएकाे जानकारी दिए।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवाशकुमार शाक्यले जिम्मेवार निकायहरुले रगत सम्वन्धी सचेतना मुलक कार्यक्रम गर्न आवश्यक रहेको बताउँदै प्रत्येक स्वस्थ यूवायूवतीहरुले आफ्नो १८ बर्षको जन्मोत्सव सँगै रक्तदान गर्न सुझाव दिए।
त्यस्तै, नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतका उपाध्यक्ष कृति गुभाजु शाक्यले जुनसुकै संघसंस्थाहरुसँग रक्तदान र रगत सम्वन्धी कार्यक्रम गर्नकालागि सँधै तत्पर रहने प्रतिवद्धता जनाए।





