Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
सुर्खेत कारागारका ८८ कैदीबन्दीले गरे मतदान - oasiskhabar

२०८२ फाल्गुन २१, बिहीबार

सुर्खेत। सुर्खेत जिल्ला कारागारमा रहेका जम्मा ८८ जना कैदीबन्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन्।

बिहिबार ११ बजेसम्म ८८ जनाले मतदान गरेको कर्णाली प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुरङले जानकारी दिए।

उनका अनुसार उक्त कारागारमा मतदान सम्पन्न भएको छ।

यसअघि जिल्ला कारागार सल्यानमा रहेका १९ र जुम्लाका १६ जनाले मतदान गरिसकेका छन्।

यस्तै, प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रका सबै मतदानस्थलहरुबाट मतदान सुरु भएर जारी रहेको छ।