सुर्खेत । सुर्खेतमा भएको सवारी दुर्घटना घाइतेहरूको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडी दुर्घटनमा १७ जना घाइते भएका छन्।
आइतबार बिहान करिब ४ बजेको समयमा रत्नराजमार्ग अन्तरगत वीरेन्द्रनगर नगरपालिका ११ ठुलो ब्युरेनि स्थित रत्नराजमार्गमा नेपालगञ्ज हुँदै कोहलपुरबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश०२००१ ख ११२९ नम्बरको इभी गाडी दुर्घटनमा परेको थियो।
प्रहरीका अनुरासार घाइते मध्ये ८ जनाको प्रदेश अस्पताल कालगाउँमा र ९ जनाको देउती नर्सिङहोम अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
उनिहरु सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
घाइतेहरुको विवरण
प्रदेश अस्पताल कालागाउँमा उपचार घाइतेहरुको विवरण
१ चालक जिल्ला सुर्खेत बराहताल गाउँपालिका ४ बस्ने बर्ष ३८ को हरी मल्ल कम्मरमा चोट अवस्था मध्यम रहेको ।
२ जिल्ला जुम्ला चन्दननाथ नपा १ बस्ने बर्ष १८ को दिपेन्द्र दमाई बाँया हातमा चोट अवस्था सामान्य रहेको ।
३ जिल्ला जुम्ला सिंजा गापा ५ बस्ने बर्ष २८ को महेन्द्र शाही बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको
४ जिल्ला सुर्खेत वीरेन्द्रनगर नपा ३ बस्ने बर्ष ३८ को लाल ब। शाही बाँया गालामा चोट अवस्था सामान्य रहेको ।
५ ऐ ऐ बस्ने बर्ष २७ की लक्ष्मी कठायत बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको ।
६ ऐ ऐ वडा न ११ बस्ने बर्ष ३८ को नरेश शाही नाकमा चोट अवस्था सामान्य रहेको ।
७ सुर्खेत लेकबेशी नपा ६ बस्ने बर्ष ३५ को पर्शुराम घर्ती मगर बाँया कुँममा चोटअवस्था सामान्य रहेको ।
८ जिल्ला दैलेख दुल्लु नपा ६ बस्ने बर्ष २३ को शम्सेर खड्का बाहिरी चोटपटक नदेखिएको अवस्था सामान्य रहेको ।
देउती नर्सिङहोम अस्पताल सुर्खेतमा उपचार भइरहेका घाइतेहरु
९ जिल्ला दैलेख दुल्लु नपा ११ बस्ने बर्ष ३० को लक्ष्माण कार्की टाउकोमा चोट अबस्था सामान्य रहेको ।
१० जिल्ला जुम्ला सिंजा गापा ३ बस्ने बर्ष २४ की राज्य लक्ष्मी हमाल दुबै हात खुट्टामा सामान्य चोट रहेको ।
११ जिल्ला दैलेख दुल्लु नपा १० बस्ने बर्ष २६ गणेश योगी दुबै हातमा चोट अवस्था सामान्य रहेको ।
१२ जिल्ला कालिकोट पचाल झरना गापा ३ बस्ने बर्ष २२ को रोशन विक घाँटीमा चोट अवस्था सामान्य रहेको ।
१३ जिल्ला जुम्ला सिंजा गापा ४ बस्ने बर्ष २२ को ऐन रोकाय छातीमा चोट अवस्था सामान्य रहेको ।
१४ ऐऐवडा न। १ बस्ने बर्ष १६ की रक्षा धिताल दुबै हातमा चोट अवस्था सामान्य रहेको ।
१५ ऐऐ वडा न। ५ बस्ने बर्ष २२ की बिष्णु शाही टाउको,हात र खुट्टामा चोट अवस्था सामान्य रहेको ।
१६ जिल्ला मुगु सोरु गापा ९ बस्ने बर्ष ३२ को दिनेश शाही छाती र टाउकोमा चोट अवस्था सामान्य रहेको ।
१७ जिल्ला जुम्ला चन्दननाथ गापा १ बस्ने बर्ष २१ को श्री परियार कम्मर र हातमा चोट सामान्य रहेको ।





