Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
देउवाको गृहजिल्लामा बालेन: सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई! - oasiskhabar

२०८२ माघ १४, बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम अब टाढा नरहेको बताएका छन्।

चुनाव प्रचारका लागि बुधबार बिहान डडेलधुरा पुगेका बालेनले सामाजिक सञ्जालमा सुदूरपश्चिमप्रति माया दर्शाउँदै लेखेका छन्, ‘सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई!’

डडेलधुरा नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो।

सुदूरपश्चिमको चुनावी यात्रामा रहेका बालेन बुधबार डडेलधुरा हुँदै दार्चुला पुग्ने कार्यक्रम छ।

सोमबारदेखि सुदूरपश्चिमको चुनावी यात्रमा रहेका बालेन मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

आज डडेलधुराको महेश्वरीमोडस्थित रास्वपा कार्यालयमा कार्यकर्ता भेटघाटको कार्यक्रम राखिएको बालेनको सचिवालयले जनाएको छ।

त्यसपछि उनी बैतडीतिर लाग्ने तयारीमा छन्। आजै दिउँसो १२ बजे बैतडीको पाटनस्थित रास्वपाको सम्पर्क कार्यालयमा कार्यकर्ता भेटघाटको कार्यक्रम तय गरिएको छ। उनी आज साँझ दार्चुला पुग्ने पनि बालेको सचिवालयले जनाएको छ। अपराह्न ४ बजे दार्चुलाको गोकुलेश्वरस्थित सम्पर्क कार्यालयमा उनले कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ।