Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
त्रिविका उपकुलपतिसहित तीन पदाधिकारीकाे सामूहिक राजीनामा - oasiskhabar

२०८३ बैशाख १७, बिहीबार

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनै जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्।

बिहीबार त्रिविका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन्। तीनै जनाले राजीनामा दिएको शिक्षाध्यक्ष केसीले बताए।

सरकारले गरेको आह्वान गरेअनुसार नै आफूहरूले राजीनामा दिएको उनको भनाइ छ। ‘उपकुलपतिसहित हामी तीनै जनाले सामूहिक राजीनामा दिएका छौँ,’ केसीले भने।

नयाँ सरकारलाई काम गर्न सजिलो होस भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ। सरकारले यसअघि भएका राजीतिक नियुक्ति हटाउने तयारी गरेको छ।

अर्याल २०८२ असार २५ मा उपकुलपति नियुक्त भएका थिए। उनलाई तत्कालनी प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियुक्त गरेका थिए। तत्कालीन कुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएपछि ओलीले अर्याललाई उपकुलपति नियुक्त गरेका थिए।

त्यस्तै, शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल २०८० चैत ३० मा नियुक्त भएका थिए। तत्कालीन उपकुलपति प्राडा. बरालको सिफारिसमा उनीहरूलाई तत्कालीन प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गरेका थिए।

त्रिविका पदाधिकारीको कार्यकाल चार वर्षको हुन्छ। कार्यकाल बाँकी छँदै उनीहरूले राजीनामा गरेका हुन्।