२०८३ आश्विन ६, मंगलवार

वीरेन्द्रनगर। नेकपा एमालेका युवा नेता नवीन योगीले पार्टी परित्याग गरेका छन्। विद्यार्थी राजनीतिबाट उदाउँदै एमाले कर्णालीमा सक्रिय युवाका रुपमा चिनिएका उनले पार्टीभित्र असन्तुष्ट व्यक्ति गदैै परित्याग गरेका हुन्।

याेगी एमाले दैलेख जिल्ला कमिटीका सदस्य तथा क्षेत्रीय कमिटी सचिव समेतकाे जिम्मेवारीमा थिए।

उनले नेकपा एमालेकाे  विद्यार्थी  स‌ंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका विभिन्न कमिटीहुँदै स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्जकाे नेतृत्व समेत गरिसकेका छन्।

याेगीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी छाड्ने आफ्नो व्यक्तिगत राजनीतिक निर्णय भएको उल्लेख गरेका छन्।

एमाले छाेडेकाे घाेषणा गर्नुपूर्व याेगी राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश सभापति मदन खड्का लगायतका नेताहरुसँग भेटघाट गरेकाे तस्बीर समेत सार्वजनिक भएकाे छ। पछिल्लाे राजनीति परिवेशअनुसार याेगी रास्वपामा प्रवेश गर्ने धेरैकाे अनुमान छ।

तर, याेगीले आगामी राजनीति यात्राका बारेमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेका भने छैनन्।