सुर्खेत। वात्सल्य आईभीएफ तथा फर्टिलिटी सेन्टरको आयोजनामा सुर्खेतमा निःसन्तानपनसम्बन्धी विशेष परामर्श सेवा सञ्चालन हुने भएको छ।
यही असोज २४ गते शनिबार सुर्खेतको बीचबजारस्थित माया नर्सिङ होममा सञ्चालन हुने छ।
उक्त परामर्श सेवामा वात्सल्य काठमाडौं क्लिनिककी प्रजनन विशेषज्ञ डा. उपमा बस्नेतले स्त्रीरोग तथा प्रजननसम्बन्धी समस्या भएका सेवाग्राहीलाई विशेषज्ञ परामर्श दिने छिन्।
निःसन्तानपन तथा प्रजननसम्बन्धी समस्याबाट चिन्तित व्यक्तिले विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन सक्ने आयोजक वात्सल्य आईभीएफले जनाएको छ।
शिविरका अवसरमा आईभीएफ उपचारमा ३० हजार रुपैयाँ छुट तथा रगत परीक्षणमा १० प्रतिशत छुट उपलब्ध हुनेछ।
विशेषज्ञ परामर्श लिन इच्छुकले अग्रिम नाम दर्ता गर्न सक्नेछन्। नाम दर्ता तथा थप जानकारीका लागि ९७०१०२११११ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।






