पोखरा। गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित बुढीगण्डकी नदीमा आज बिहान अकस्मात् भीषण बाढी आएको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्र कुमार मिश्रले बाढीले नदी आसपाका भौतिक संरचनामा क्षति गरेको जानकारी दिए।
‘अहिलेसम्म मानवीय क्षतिकाे चाहिँ रिपोर्टिङ आइसकेको छैन’, उनले भने।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले बाढी पास नहुँदासम्म त्रिशूली दोभानसम्म नदी छेउछाउ नजान र उच्च स्थानमा बस्न सुझाव दिएको छ।
यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको छ, ‘गोरखा चुमनुब्री गा.पा.६ स्थित बुढीगण्डकी नदीमा आइरहेको ठुलो बाढीबारे सबैले सम्बन्धित नदी तटीय क्षेत्र (गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र पश्चिम) मा बसोबास गर्ने मानिसहरूलाई सूचना सम्प्रेषण गर्दै जोखिम क्षेत्रकाहरूलाई समयमै सुरक्षित स्थानमा लैजान सहयोग गरौँ। आवश्यकताअनुसार खोज तथा उद्धार कार्यमा सहयोग गरौँ।’
भिडिओ–





