सुर्खेत। उपभोक्ता हित संरक्षण मञ्च कर्णाली प्रदेश अध्यक्ष बिन्दुलाल रेग्मी सम्मानित भएका छन्। उपभोक्ता हित संरक्षण मञ्च नेपालको पोखरामा सम्पन्न ३१औँ साधारण सभामा रेग्मीलाई सम्मान गरिएको हो।
उनिसहित अन्य १० जना उपभोक्ता अधिकारकर्मीहरु पनि सम्मानित भएका छन्।
मञ्चको ३१औं साधारण सभाबाट सम्मानित हुनेमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका सुदूरपश्चिम प्रदेश समिति सचिव तथा पत्रकार एकिन्द्र तिमिल्सेना, रुपन्देही जिल्ला समिति अध्यक्ष समुन्द्र जीसी, सिन्धुपाल्चोक जिल्ला समिति अध्यक्ष शालिग्राम अधिकारी, मोरङ जिल्ला समिति अध्यक्ष तारानाथ भट्टराई र जुना श्रेष्ठ मकवानपुर छन्।

मञ्चका केन्द्रीय उपाध्यक्ष तथा सम्मान छनौट समितिका सदस्य धनपति ढुङ्गेलले पत्रकार तथा मञ्चका केन्द्रीय सदस्य जिवछ चौधरी सिराहा, केन्द्रीय सदस्य पर्साका अजित भुजेललाई पनि सम्मान गरिएको जानकारी दिए।
यस्तै, मञ्चले योगदानको मुल्याङ्कन गर्दै पूर्वकेन्द्रीय सदस्य तथा पत्रकार किशोरजंग थापा गोरखा, पूर्व केन्द्रीय सदस्यहरु राम शर्मा बागलुङ, रामजी प्रसाद ज्ञवाली परासीलाई पनि सम्मान गरेको छ।
अधिकारकर्मीहरुलाई साधारण सभाको उद्घाटन सत्रमा शनिबार पोखरामा दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको थियो।





