डोल्पा। डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडिको दाहिनेपट्टिको टायर फुत्किएर बाहिर निस्किएको छ।
नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज बिहबार बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको दाहिनेपट्टिको टायर फुत्किएको सिताएयरका जुफाल स्टेसन म्यानेजर मुकुन्द पाैडेलले जानकारी दिए ।
जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु सवार थिए। तीमध्ये ११ जना पुरुष र २ जना महिला रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार टायर फुत्किए पनि जहाजमा सवार सबै यात्रु सकुशल रहेकाले मानवीय क्षति भने भएकाे छैन्।
विमान धावनमार्गमै रहेको छ।





