२०८३ बैशाख ४, शुक्रबार

बुटवल। मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले खाम्चालाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार उनले जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए।

टोलीले खाम्चालाई सेवाग्राहीबाट लिएको नगद २ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ।

साथै, उनको साथबाट स्रोत नखुलेको थप ३ लाख ५० हजार रुपैयाँ र एक थान मोबाइलसमेत बरामद गरिएको छ।

उनीलाई जिल्ला रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ बाट पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।