२०८२ चैत्र १८, बुधबार

जुम्ला।  जिल्लाको हिमा गाउँपालिका–६ खल्ढुङ्गा गाउँमा मंगलबार दिउँसो गएको सुख्खा पहिरोबाट तीनवटा घरमा क्षति पुगेको छ।

गाउँ माथिबाट खसेको पहिरोले स्थानीय ललिजन अधिकारीका दुई घरमध्ये एउटा पूर्ण रूपमा ध्वस्त बनाएको हाे।

प्रहरीका अनुसार बुच्चो अधिकारी लगायतका स्थानयका घरमा पनि पहिरोले खसेकाे हाे। पहिरोका कारण घरभित्र रहेका अन्न, भाँडाकुँडा तथा अन्य सामग्री पूर्ण रूपमा नष्ट भएको छ।

स्थानीयका अनुसार घटनाबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति भएकाे छ। दिउँसोको समयमा पहिरो गएकाले कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएकाे छ।