२०८२ चैत्र ९, सोमबार

दार्चुला। दार्चुलामा सोमबार (चैत ९) बिहान भूकम्प गएको छ। बिहान ३ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र ले जनाएको छ।

केन्द्रका अनुसार दार्चुलाको मुराई आसपास केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो। भूकम्पबाट हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।