सुर्खेत। डोल्पाको छार्काताङसोङ गाउँपालिका–२ पुङ्गाबगरस्थित आधारभूत स्वास्थ्य केन्द्र पुङ्गावगर मतदान स्थलमा खटिएका एक जना निर्वाचन प्रहरी बिरामी परेका छन्।
बिहीबार दिउँसो करिब १ः२५ बजेको समयमा जिल्ला डोल्पा ठुलीभेरी नगरपालिका–११ निवासी २० वर्षीय विशाल कार्की बिरामी परेका हुन्।
प्रहरीका अनुसार उनलाई लेक लागी ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने तथा मुखबाट पानीजस्तो बान्ता हुने समस्या देखिएको छ।
साथै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि उद्धार गरिएको छ।
बिरामी कार्कीलाई मोटरसाइकलमार्फत उपचारका लागि ढाडगाउँतर्फ पठाइएको छ।
उक्त मतदान केन्द्रमा खटिएका कमाण्डर प्रहरी सहायक निरीक्षक अर्जुनकवर योगीले कार्की बिरामी परेको खबर टेलिफोनमार्फत जिल्ला प्रहरी कार्यालय डोल्पामा जानकारी गराए थिए।
यस्तै, मतदान कार्य भने नियमित रूपमा सञ्चालन भइरहेको छ।





