२०८२ चैत्र ४, बुधबार

काठमाडौँ । खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. २ मा हेलिकोप्टर दुर्घटना भएको छ।

खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार काठमाडौँबाट शव लिएर आउँदै गरेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना परेको हो।

‘हामीले बुझ्दा काठमाडौंबाट शव लिएर आउँदै गरेको र त्यसमा उहाँहरूका आफन्त हेलीमा हुनुहुँदो रहेछ। केपिलासगढी–२ मा सानो दुर्घटना भएर एक जनाको खुट्टा भाँचिएको भन्ने जानकारी आएको छ।’