Deprecated: optional(): Implicitly marking parameter $callback as nullable is deprecated, the explicit nullable type must be used instead in /home/sites/43b/5/56b630bd62/oasiskhabar.com/wp-content/plugins/ultimate-post-kit-pro/base/support/helpers.php on line 30
भूकम्प पीडितमा ‘डिप्रेसन’ - oasiskhabar

२०८१ जेष्ठ २४, बिहीबार

भूकम्पपछि जाजरकोटका व्यक्तिमा ‘डिप्रेसन’ बढ्न थालेको छ । जिल्लाका सात वटै स्थानीय तहमा नाना, खाना र आवास नपाएपछि अधिकांश व्यक्तिमा यस्तो समस्या देखिएको हो । 

भेरी नगरपालिकाको सहयोगमा सिएमसी नेपालले गरेको अन्तर्क्रिया कार्यक्रममा विगतका १० वर्षे द्वन्द्वबाट प्रभावित डिप्रेसनका बिरामी घटाउने प्रयास भए पनि गत कात्तिक १७ गतेको भूकम्पले यहाँका बासिन्दामा निराशा छाएर थरी थरीका शङ्का उत्पन्न हुँदै गएका कारण डिप्रेसन देखिन थालेको छ । कृषि पेसा र श्रम रोजगारीबाट नाना र खाना जोहो गरेका जनतालाई भूकम्पले थला पारेपछि सर्वसाधारणमा डिप्रेसन बढ्दै गएको छ । सिएमसी नेपालका संयोजक हिमाल गैरेले सर्वसाधारणमा विभिन्न तनावका कारण डिप्रेसनको समस्या देखिन थालेपछि मनोसामाजिक परामर्शबाट न्यूनीकरण हुने भएकाले त्यो आवश्यक रहेको बताउनुभयो । भूकम्पले नाना, खाना, घरबारविहीन बनाएपछि सोच्न नसक्ने अवस्थामा पुगेका जनतालाई मनोसामाजिक परामर्शले सहयोग गर्ने भएपछि भेरी, नलगाड नगरपालिका, बारेकोट गाउँपालिकालाई सो संस्थाले प्राथमिकता दिइएको छ । 

भूकम्पपछि भेरी नगरपालिकामा दुई हजार छ सयभन्दा बढी सर्वसाधारणमा डिप्रेसनको लक्षण देखिएको छ । औषधी पाए पनि परामर्श नपाएका कारण बढ्दै गएपछि भेरी नगरपालिकाको समन्वयमा गाउँबस्तीका जनतालाई परामर्श दिइएको छ । नियमित रूपमा औषधी सेवन गर्दै आएका बिरामीले बिचैमा छोड्ने, मनमा विभिन्न प्रकारका कुरा सोच्न थालेपछि उनीहरूलाई सकारात्मक कुराको ज्ञान दिएर नकारात्मक कुराको अन्त्यका लागि मनोसामाजिक परामर्श दिनु उत्तम विकल्प भएकाले भेरी नगरपालिकामा सिएमसी नेपालले मनोपरामर्श सञ्चालन गर्दै आएको छ ।