सुर्खेत। कर्णाली सरकारका प्रवक्ता एवम् उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले संघीय सरकारका विभिन्न मन्त्रीहरुसँग भेटवार्ता गरेकी छन्। मन्त्री खड्काले कर्णाली प्रदेशको समग्र विकास, सुशासन प्रवर्द्धन तथा नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यले भेटवार्ता तथा छलफल गरेकी हुन्।
मन्त्री खड्काले संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस), कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता लगायतसँग छलफल तथा भेटवार्ता गरेकी हुन्।
भेटवार्ताका क्रममा मन्त्री खड्काले कर्णाली प्रदेशको स्वास्थ्य सेवा सुधार, आवश्यक भाैतिक पूर्वाधार विकास, पर्यटन, उद्योग, वन तथा वातावरण लगायतका विषयमा विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएकी थिइन्।





