२०८३ आश्विन १७, शनिबार

सुर्खेत। राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सुर्खेतको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले कृष्णप्रसाद पंगेनीको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ।

साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा रामचन्द्र गौतम, सचिवमा खेमराज उपाध्याय र कोषाध्यक्षमा प्रकाश खड्का चयन भएका छन्।

त्यस्तै, सञ्चालक समिति सदस्यहरूमा मयाराम शर्मा, पार्वती पाण्डे, निर्मला भट्टराई, पद्माकुमारी कार्की र नरबहादुर सार्की निर्वाचित भएका छन्।

साधारणसभाले चन्द्रप्रकाश कंडेलको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि निर्वाचित गरेको छ। समितिका सदस्यहरूमा राजनकुमार तिवारी र अर्चना शर्मा रहेका छन्।

संस्थाले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल र उत्कृष्ट कार्यकालको शुभकामना व्यक्त गरेको छ।