२०८२ फाल्गुन २८, बिहीबार

धनगढी। कञ्चनपुरमा बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्। १२ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार भीमदत्त नगरपालिका – १० बस्ने ४७ वर्षीय नरेश गिरी र वडा नम्बर ९ बस्ने ४० वर्षीय हिरा नाथलाई पक्राउ गरिएको हो।

भीमदत्त नगरपालिका– १० स्थित बैजनाथ सामुदायिक वनभित्र जबरजस्ती करणी गरेको अभियोग रहेको इन्सपेक्टर थापाले बताए। घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए।