२०८२ चैत्र १३, शुक्रबार

काठमाडौँ। शुक्रबार मध्याह्नदेखि सम्पर्कविहीन मुस्ताङ हेलिकप्टरको एउटा हेलिकप्टर सुरक्षित अवतरण गरेको अवस्थामा भेटिएको छ।

कम्पनीका प्रबन्धनिर्देशक एवं सञ्चालक ईश्वर लामिछानेले बिगु गाउँपालिकास्थित लुम्राङमा सुरक्षित अवतरण गरेको बताएका छन्।

९एन-एएनओ कलसाइनको उक्त हेलिकप्टर सम्पर्कविहीन भएको भन्दै खोजी भएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले पनि लाप्चा गुम्बानजिकै सुरक्षित अवतरण गरेको जानकारी आएको बताए।

हेलिकप्टरमा ५ जना यात्री र १ क्याप्टेन थिए। उनीहरु सबै सुरक्षित रहेका छन्।