आईसीसी क्रिकेट विश्वकप लिग-२

२०८३ कार्तिक १, शनिबार

काठमाडौं। ओमानमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा भएको खेलमा २५७ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमै सबै विकेट गुमाएर २३२ रनमा अलआउट भयाे। ओपनर अर्जुन कुमालको सानदार ब्याटिङ अनी करण केसीको प्रयासका बावजुतका पनि नेपाल २४ बल अगावै अलआउट भएको हो।

सिरिज अन्तर्गत सुरुवाती दुई खेल जित्दै शीर्ष ६ को सम्भावनालाई बलियो बनाएको नेपाल यो हारपछि ८ टोली सम्मिलित लिग २ को अंकतालिकामा सातौं स्थानमा झरेको छ। सबै ३६ खेल नै खेलिसकेको क्यानडा भने २९ अंकसहित नेपाललाई उछिन्दै छैटौं स्थानमा उक्लेको छ।

अब नेपालले शीर्ष ६ मा अटाउन अन्तिम खेलमा घरेलु टोली ओमानलाई हराउनुपर्नेछ। लिग २ को शिर्ष ६ मा पर्ने टोलीले ओडिआई मान्यता कायमै राख्ने सम्भावना धेरै रहेकोले पनि नेपालले अब अन्तिम खेल जित्नुपर्ने छ।

यसअघि नै शीर्ष ४ को होडबाट बाहिरिसकेको नेपाल २०२७ को वानडे विश्वकपको छनोटमा सिधै पुग्न असफल भएको छ। अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ क्वालिफायरको सहारा लिनुपर्नेछ।

अर्जुन कुमालको सानदार ब्याटिङ

२५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि पनि युवा ओपनर अर्जुन कुमालले सानदार ब्याटिङ गरे। ओडिआईमा पहिलो शतक बनाउनबाट १३ रनले मात्र चुकेका अर्जुनलले राम्रो सम्भावना देखाएका छन्।

उनले ११२ बल खेल्दै ४ चौका मदतमा ८७ रन बनाए। ४१ ओभरसम्म क्रिजमा टिकेका अर्जुनलाई अन्य खेलाडीले राम्रोसँग साथ दिन सकेनन्। एक्लै संघर्ष गरेका अर्जुन आउट भएपछि नेपालले बाँकी विकेट लगातार गुमाएको थियो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २७, इशान पान्डे र गुल्शन झाले समान २१ तथा आसिफ शेखले २० रन बनाए। करण केसीले अविजित १७ रन जोडे।

करणले एक छेउबाट इनिङ्स सम्हालेपनि नेपालले ४६औं ओभरमै ३ विकेट गुमाएपछि अलआउट भयो। क्यानडका शिल पटेलले नन्दन यादव र ललित राजवंशीको विकेट लिँदा सन्दीप लामिछाने रनआउट भए।

क्यानडाका लागि सुदजिन्दर सिंहले ३ तथा कलिम साना र शिल पटेलले २-२ विकेट लिए।