२०८३ आश्विन १७, शनिबार

सुर्खेत। कर्णाली प्रदेशस्तरीय भलिबल संघ गठन गरिएको छ। संघको चौथो अधिवेशनले (कालिकोटका ईश्वरबहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन्।

संघको चौथो अधिवेशनका ३५ जना मतदाता हुन्। यस मध्ये २४ जना मात्रै अधिवेशनमा सहभागी भएका थिए। निर्वाचित अध्यक्ष शाहीले २३ मत प्राप्त गरी विजयी भएका हुन्। अध्यक्ष शाहीका प्रतिद्धोन्दी शेरबहादुर जिसीले एक मत मात्रै प्राप्त गरी पराजित भए।

अध्यक्ष पदको मात्रै निर्वाचन भएको थियो। अन्य पदाधिकारी र सदस्यहरु सर्वसहमतिमा चलन भएका हुन्। सुर्खेतमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा गणेशबहादुर विष्ट (जाजरकोट), महासचिवमा खेमराज केसी (सल्यान) र कोषाध्यक्षमा नैनसरा बुढा चयन भएका छन्। सदस्यमा भुपेन्द्रकुमार डिसी, लक्ष्मीबहादुर रावल (जुम्ला) र बाबुराम सुनार चयन भएका छन्।

अधिवेशनमा नेपाल भलिबल संघका केन्द्रीय सचिव भोमबहादुर श्रेष्ठ र कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ सहभागी थिए।