सुर्खेत। सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डमा शंकास्पद बस्तु फेला परेको छ। मंगलबार बिहान भेरीगंगा नगरपालिका—११ को राताचौर नजिकै शंकास्पद बस्तु फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढाले छिन्चुदेखि जाजरकोट जोड्ने सडक अन्तर्गत सडक छेउमा प्रेसर कुकरसहित रातो प्लाष्टिकले बेरेको शंकास्पद बस्तु फेला परेको जानकारी दिए।
उनका अनुसार उक्त शंकास्पद बस्तुको डिस्पोजका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ।





