२०८२ फाल्गुन २१, बिहीबार

सुर्खेत। जुम्ला र मुगुमा शंकास्पद बस्तु फेला परेको छ। शंकास्पद बस्तु फेला परे पनि मतदान प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

जुम्लाको कालिका आधारभूत विद्यालय देपालगाऊ र मुगुको बालजोति आधारभूत विद्यालय गिलाहामा शंकास्पत बस्तु फेला परेको छ।

उक्त शंकास्पद बस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोजको लागि तयारी गरिरहेको प्रहरीले जनाएको छ।