२०८३ आश्विन ३०, शुक्रबार

कालीकाेट। नेपाली कांग्रेसको जनवर्गीय संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्य धर्मराज शाही पार्टीको महासमिति सदस्यमा चयन भएका छन्। नेपाली कांग्रेस कालीकोटको आठौं महाधिवेशनबाट शाही महासमिति सदस्यमा सर्वसम्मत चयन भएका हुन्।

तरुण दलमा सक्रिय राजनीति गरिरहेका शाही पार्टीको महासमिति सदस्य बनेका हुन्। महासमिति सदस्य पार्टीको नीति, विचार, संगठन र भावी राजनीतिक दिशाबारे छलफल गर्ने महत्त्वपूर्ण तह हो। युवा राजनीतिबाट पार्टीको महत्त्वपूर्ण तहसम्म पुगेका शाहीको राजनीतिक यात्रालाई अर्थपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

शाहीले तरुण दलमा रहँदा प्राप्त गरेको संगठनात्मक अनुभवलाई पार्टीको मूल संरचनामा उपयोग गरेर अवसरमा बदल्ने लक्ष्य राखेका छन्।