सुर्खेत। नेपाल प्रिमियर लिग (एनपीएल)को फेन्चाइज टोली कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट तीन खेलाडी छनोट गरेको छ।
कर्णाली याक्सका प्रमुख गिहेन्द्र घिमिरेले ट्यालेन्ट हन्टबाट दैलेखका हिक्मतबहादुर शाही, रुकुम पश्चिमका भुवन भण्डारी र सुर्खेतका कैलाश खड्का छनोट भएकाे जानकारी दिए।
शनिबार सुर्खेत र आइतबार सल्यानमा गरी दुईदिन कर्णाालीमा ट्यालेन्ट हन्ट भएकाे थियाे।
प्रमुख घिमिरेले छनोट भएका तीनैजना खेलाडी एनपीएलको पूर्वतयारीका लागि कर्णाली याक्सको बन्द प्रशिक्षणमा रहनेछन्।
बन्द प्रशिक्षणमा खेलाडीको प्रदर्शन र क्षमताका आधारमा अन्तिम एकजनालाई एनपीएलमा सहभागी गराइने उनकाे भनाइ छ।





