२०८३ बैशाख ८, मंगलवार

सुर्खेत। जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

गत चैत २९ गते आइतबार बिहान ग्यास सिलिन्डर विस्फोट भई आगलागी हुँदा तीनजना घाइते भएका थिए।

घाइतेमध्ये ठालुप्रसादकी ४२ वर्षीया श्रीमती माया जैसीको काठमाडौंस्थित कीर्तिपुर जलन अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोट सूचना अधिकारी एक्कबहादुर नेपालीले बताए।

आगलागीमा घाइते भएका रूपा जैसी र ठालुप्रसादका छोरा गणेश गौतमको काठमाडौंमै उपचार भइरहेको छ।

घाइते उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगन्ज पुर्‍याइएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंमा लगिएको थियो।