सुर्खेत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनिय (अनेरास्ववियु) कर्णाली प्रदेश कमिटीले प्रहरीमा उजुरी दिएको छ। अनेरास्ववियु कर्णाली संयोजक धर्मबहादुर शाहीको नेतृत्वमा सुदन गुरुङ र बालेन शाहविरुद्ध जिल्ला प्रहरी कार्यलय सुर्खेतमा मुद्धा दिएको हो।
आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुलुकी अपराध संहिता २०७४ को दफा २४४ डाँका गर्न नहुने र दफा २८५ आपराधिक उपद्रव सम्बन्धि कसुरमा काठमान्डौं महानगरपालिकाका प्रमुख शाह र हामी नेपाल संस्था गुरुङ्गविरुद्ध मुद्धा दिएको संयोजक शाहीले जानकारी दिए।
उनकाअनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको दुरुपयोग गरी सुर्खेत जिल्लाभित्रका विभिन्न भौतिक संरचना, सरकारी भवनहरु, कार्यालयहरु र कार्यालयमा भएका कागजातहरुका साथै व्यक्तिगत भवन तथा चलअचल सम्पत्तिहरु ध्वस्त र नष्ट हुनेगरी तोडफोड, लुटपाट र आगजनी गरेको आरोप छ।
अनेरास्ववियुले वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको एमाले पार्टी कार्यालयले मोटरसाइक ¥याली निकाल्दै प्रहरी कार्यालय पुगेर मुद्धा दर्ता गरेको हो। साथै राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेश र जिल्ला कमिटि सुर्खेतले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा जेनजी आन्दोलन भड्काएर आगजनी गर्नेहरुलाई कारबाहीको माग गर्दै ज्ञापन–पत्र बुझाएको छ।

