२०८२ पुष ३, बिहीबार

सुर्खेत । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको मतदान प्रक्रिया सकिएको छ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भएका छन्। जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको छ।

बुधबार बिहान ७ बजे सम्पन्न भएको मतदानमा ९८.०४ प्रतिशत मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए।

यसरी मतदान प्रक्रियामा सहभागी नहुने मध्ये दैलेखबाट प्रतिनिधि छनौट भएका तिलक रिजालको नाम पनि छ।

हाल पार्टीको कुनै पनि कमिटिमा नरहेका रिजाल जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल र एमाले नेता राजबहादुर बुढाको जोडबलमा प्रतिनिधि छनौट भएका थिए।

निर्वाचन भएपछि आफ्नो पक्षमा मतदान गर्नका लागि पोखरेल र बुढाले प्रतिनिधि छनौटमा बढी चासो दिएर रिजाललाई महाधिवेशनमा सहभागी गरेका थिए।

तर, पोखरेल र बुढा लगायतका नेताहरु केन्द्रीय सदस्यमा उम्मेदवार बनेर चुनावमा प्रतिस्पर्धा गरिरहँदा रिजालले मतदान प्रक्रियामा भाग नलिइ गुन तिरेको भन्दै चर्चा हुन थालेको छ।

रिजाल नेकपा एमाले पूर्वजिल्ला कमिटि दैलेखका सचिव तथा २०७९ को प्रदेशसभा निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेशसभा (१) बाट प्रत्यक्ष चुनाव लडेका नेता समेत हुन्।

यी हुन् मतदानमा अनुपस्थित प्रतिनिधि