सुर्खेत । हिमपातसँगै चिसो बढेपछि कर्णाली प्रदेशका तीन हिमाली जिल्लाका नौ वटा प्रहरी कार्यालय सदरमुकाम सारिएकाे छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी एसएसपी केदार खनालले हिमाली क्षेत्रमा चिसो र हिउँ पर्न सुरु भएपछि सदरमुकामा प्रहरी चौकी स्थानान्तरण सुरु भएकाे बताए।
उनका अनुसार डोल्पाका सात, हुम्लाकाे एक र मुगुको एक वटा प्रहरी चौकी स्थानान्तरण सुरु भएकाे हाे।
हिमपात र चिसो बढेपछि हिमाली भेगमा रहेका प्रहरी चौकी पायक पर्ने स्थानमा सारिएकाे छ।

