काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीमा भव्य समारोहबीच रिमोटबाट पार्टीको झण्डा फहराएर महाधिवेशन उद्घाटन गगरेका हुन्।
सयौं नेताकार्यकर्ता र हजारौं जनसमुदायको उपस्थिति रहेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्र अजेय र एमाले अजम्मरी रहेको बताए। उनले एमालेले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरे।
तस्बीरहरु


