२०८२ मंसिर १५, सोमबार

सुर्खेत । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि दैलेख निर्वाचन क्षेत्र नम्बर–२ बाट ८ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। एमाले दैलेखका अनुसार खुल्लामा जिल्ला कमिटि दैलेखका अध्यक्ष सूर्यबहादुर शाही, रुद्रबहादुर शाही, धीरबहादुर शाही र तिलकप्रसाद रिजाल सर्वसम्मत चयन भएका छन्।

यस्तै, महिलातर्फ विष्णु थापा, कल्पनाकुमारी थापा र नन्दाकुमारी आचार्य, युवातर्फ (४० वर्षमुनी) शुसिलकुमार थापा सर्वसम्मत प्रतिनिधि चयन भएका छन्।