सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतका गणेशबहादुर शाहीले कर्णाली खेलकुद परिषद्को सदस्य सचिवमा आवेदन दिएका छन्। बक्सिङका खेलाडी शाहीले सामाजिक विकास मन्त्रालयले गरेको सदस्य सचिवको विज्ञापनमा आफ्नो दाबी पेश गरेका हुन्।
२०८१ पुस ६ गतेबाट रिक्त सदस्य सचिव पदका लागि मन्त्रालयले २०८२ मंसिर ९ गते सूचना जारी गरेको थियो। सदस्य सचिवका लागि शाहीसहित निवर्तमान पदधिकारी गरी २१ जनाले आवेदन दिएका छन्।
अनेरास्ववियुका पूर्वविद्यार्थी नेता तथा अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय उपाध्यक्ष पदका आकांक्षी समेत रहेका शाहीले सदस्य सचिव पदमा आफुलाई बलियो रुपमा प्रस्तुत गरेका छन्।
शाही नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र एमालेका महासचिव शंकर पोखरेलका विश्वास पात्र मानिन्छन्।
कर्णालीका चर्चित युवा विद्यार्थी नेता शाही निर्णय, क्षमता र नेतृत्वमा प्रखर छन्।
उनि नेकपा एमाले सुर्खेतका पूर्वजिल्ला कमिटी सदस्य पनि हुन।
शाहीले राजनिती शास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्।
बक्सिङका खेलाडी समेत रहेका शाही एक दशकदेखि मदन भण्डारी स्पोर्टस एकेडेमीमा आवद्ध छन्। युवा र खेलकुद क्षेत्रमा राम्रो नेतृत्व गर्न सक्ने क्षमता आफुसँग भएको उनको दाबी छ।

