२०८२ भाद्र २१, शनिबार

एउटा भ्रम जसले तिमीलाई

अहिलेसम्म बचाई रहयो

वास्तवमा,

त्यो तिमी होइनौं, त्यो तिमी थिएनौं तर तिमीलाई सधैं लागिरहयो यो आकाश मैलेनै थामेको छु।

ए… एकपटक सुन त न यो आकाश तिमीले थामेका छौं

न मैले थामेको छु,

भन्नलाई त भनिन्छ, तिमी नभएर म अधुरो छु। अनि कसैले भन्छन्

म नभएर तिमी अपुरो हुन्छौं

तर याद गर,

कोही भएर कोही पूर्ण हुने र, कोही नभएर कोही अपूर्ण हुने त्यो सत्य होइन।

वास्तवमा,

अपूर्ण पनि हामी आफै हौं र, पूर्ण पनि हामी आफै हौं बस हामी भ्रम बाँचिरहेका छौं।

याद गर भाले बासेर पनि उज्यालो हुन्न र, भाले नबासेर पनि उज्यालो हुन्छ।