शुक्रबार दिउँसो चार बजे बस्ने

२०८२ आश्विन २४, शुक्रबार

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो बस्नेगरि सर्वदलीय बैठक बोलाएका छन्।

जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन्।

राष्ट्रपतिको सचिवालयका एक अधिकारीले दिएको जानकारी अनुसार बैठक शुक्रबार दिउँसो चार बजे बस्नेछ।

बैठकको लागि प्रधानमन्त्री कार्कीसहित विभिन्न राजनीतिक दलका नेतालाई खबर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

फागुन २१ गतेकाे लागि घाेषित निर्वाचनलगायत विषयमा छलफल गर्न विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग राष्ट्रपतिले छलफल गर्न लागेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका अध्यक्षपछिको वरियतामा रहेका नेताहरू छलफलमा सहभागी हुने छन्।