२०८२ कार्तिक १६, आईतवार

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कारागारबाट फरार कैदीसहित पाँच जनालाई लागुऔषध कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको छ। वीरेन्द्रनगरका विभिन्न स्थानबाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो।

कार्तिक १४ गते दिउँसो साढे २ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–७ बाट जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयूक्त प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ बस्ने ३० वर्षीय नरेन्द्र ठाडा रहेका छन्र उनलाई शंकास्पद अवस्थामा फेला पारी शरीर तथा घर कोठा खानतलासि गर्दा साथबाट शुद्द ५३० मिलिग्राम लागूऔषध (ब्राउनसुगर) फेला पारेको थियो।

प्रहरीका अनुसार जगन्नाथदेवल कारागार काठमाण्डौंमा लागूऔषध मुद्दामा कैद भुक्तान गरी रहेका ठाडा गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा फरार भएका थिए।

यस्तै, प्रहरीले सोही स्थानबाट वीरेन्द्रनगर नगरपालिका–८ का १९ वर्षीय ललिता तामाङ्ङ्गलाई पनि पक्राउ गरिएको प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढाले जानकारी दिए।

उनकाअनुसार कार्कित १४ गते साँझ साढे ८ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–११ शुब्वाकुनाबाट थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको कप्र।०२–००१ ज ०७०९ नम्बरको इभीगाडिबाट लागूऔषसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ बस्ने १८ वर्षीय बिशाल ठाडा मगर, वडा नम्बर १२ बस्ने अन्दाजी २२ वर्षीय राजु सुनार र वडा नम्बर ७ बस्ने १८ वर्षीय रमेश सुनार रहेका छन्।

उनिहरुको साथबाट शुद्द २ ग्राम लागूऔषध (ब्राउनसुगर) बरामद गरेको छ।